Logo

सुनको घट्दा चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको घट्दा चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला २०० रुपैंयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहँदै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL