Logo

कसले ल्यायो भारतबाट भन्सार छलीको ७२ बोरा प्याज ?

कसले ल्यायो भारतबाट भन्सार छलीको ७२ बोरा प्याज ?



काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको एक लाख ६२ हजार ७५० रुपैंयाँ बराबरको प्याज वरामद गरेको छ ।

पुस २२ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका–४ सुण्डीमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार चोरी छलेर तस्करीको बाटोबाट ल्याउदै गरेको अवस्थामा ७२ बोरा ( ३,२५५ किलो) प्याज वेवारिसे अवस्थामा फेला पारेको थियो ।

बरामद सो प्याज स्थानीय मानिसहरुको रोहवरमा प्रहरी टोलीले बरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL