Logo

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित, यस्ताे छ १४ सदस्यीय कार्यसमिति

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित, यस्ताे छ १४ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदिप थापा निर्विरोध चयन भएका छन् । संघको २४औ वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो । जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचित भएका हुन् ।

संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा उजय शाक्य निर्विरोध निर्वाचित हुँदा द्धितिय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन ।

यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मि, आरसि सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका हुन् । संघका पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण पनि आईतबार नै गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL