Logo

तोलामा सात सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

तोलामा सात सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज साताको दोस्रो कारोबार दिन अर्थात सोमबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ७०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी पनि प्रतितोला १ हजार ४२० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL