Logo

अध्ययन भन्छ पटकपटक पासवर्ड परिवर्तन गर्नु जोखिम, यस्ता छन् कारण

अध्ययन भन्छ पटकपटक पासवर्ड परिवर्तन गर्नु जोखिम, यस्ता छन् कारण


बिजखबर संवाददाता
0
Shares

पछिल्लो समय अनलाइन तथा सामाजिक सञ्जालमा व्यक्तिगत अकाउण्ट ह्याक भएको समाचार धेरै आउन थालेको छ । ह्याकरहरु एक्टिभ भएकोले पनि यससम्वन्धि विज्ञहरु पनि पासवर्ट परिवर्तन गरिरहन सुझाव दिन्छन् । आफ्नो अनलाइनलाई सुरक्षित राख्न समयसमयमा पासवर्ड परिवर्तन आवश्यक छ । जसले गर्दा अनलाईन अकाउन्ट अरुको हातमा नपरोस ।विभिन्न कम्पनी कम्प्यूटर तथा इन्टरनेटको दुनियामा पछिलो २०र३० वर्षको धारणा यही हो ।

तर, अमरिकाको टेलिकम नियामक फेडरल टेलिकम कमिशन पटकपटक पासवर्ड परिवर्तन गर्नु सुरक्षित मान्दैन । विबिसिमा उल्लेख एक रिपोर्ट अनुसार फेडरल टेलिकम कमिशन पटकपटक पासवर्ड परिवर्तन नगर्न भन्छ । टेलिकम क्षेत्रको दुनियामा १ सय भन्दा बढी संस्थामा फेडरल टेलीकमको कमिशन सबैभन्दा बढी छ ।

रिपोटमा जनाइए अनुसार यदि तपाइँ पटक पटक पासवर्ड परिवर्तन गर्नु हुन्छ भने त पासवर्डको पैटर्न पत्ता लगाउन सक्नु हुन्छ । जसको पासवर्ड खोजेर केही सहज हुन सक्छ ।

फेडरल टेलिकम कमिशनको अधिकारीका अनुसार पुरानो ईमेल अकाउन्टको बारेमा पत्ता लगाउने कोशिश गर्ने धेरे व्यक्ति कस्तो पासवर्ड परिवर्तन गरेको पाइएको छ । पटकपटक पासवर्ड परिवर्तन गरिरहँदा ह्याकरलाइ सहज हुन्छ ।

एक विश्वविद्यालयले यसबारेमा विस्तारमा छानबिन गरेर सोधमा केही तथ्य बाहिर ल्याएको छ । त्यसैगरी अर्को अध्ययनले पासवर्ड धेरैपटक परिवर्तन गर्नु र पासवर्ड नै राख्नु एउटै भएके बताएको छ । पटक पटक पासवर्ड परिवर्तन गर्दा सम्झान सजिलो पासवर्ड राखिन्छ । यसले गर्दा पासवर्ड ह्याक गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्