Logo

बीमा कम्पनीलाई पीइभीसीमा लगानी गर्न बाटो खुला, सेयर बजारमा लगानीको सीमा पनि बढ्यो

बीमा कम्पनीलाई पीइभीसीमा लगानी गर्न बाटो खुला, सेयर बजारमा लगानीको सीमा पनि बढ्यो



काठमाडौं । बीमा कम्पनीहरुले अब प्राइभेट इक्वीटी एण्ड भेञ्चर क्यापिटल (पीइभीसी) मा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन ९२०८०० जागरी गर्दै बीमा कम्पनीहरुलाई पीईभीसीमा लगानी गर्न पाउने बाटो खुला गरिदिएको हो ।

अबका दिनमा बीमा कम्पनीहरुले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त पीइभीसीमा लगानी गर्न पाउनेछन् । संशोधित निर्देशिकाअनुसार बीमा कम्पनीहरुले कुल लगानीको १.५ प्रतिशतसम्म पीइभीसीमा लगानी गर्न सक्नेछन् । तर, एउटै फन्डमा भने बढीमा १ प्रतिशतसम्म मात्रै लगानी गर्न सक्नेछन् । तर लघु बीमा कम्पनीले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी भने गर्न पाउने छैनन् ।
यसैगरी प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीले अन्य कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा पनि बढाएको छ । यसअघि यस्तो सीमा ५ प्रतिशत रहेकोमा त्यसलाई बढाएर १५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।

बीमकले हाल सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जालगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र र सेवामूलकलगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL