काठमाडौं । ह्वीस्की पछिल्लो समय नेपालमा निकै लोकप्रिय बनेको छ । विभिन्न पार्टी, चाडवाड तथा साथिएभाई जमघटमा पनि यसको अत्याधिक प्रयोग हुन थालेको देखिन्छ ।
ह्वीस्की नेपालमा पनि उत्पादन हुन्छ । तर यहाँ खपत हुनेमध्ये अधिकांश ह्स्वीक आयात गरिन्छ । नेपालमा १० ओटा मुलुकबाट ह्वीस्की आयात हुने गरेको छ । ह्वीस्की आयात हुने देशमा अमेरिका, जापान, मेक्सिको, चीन, युके, सिंगापुर,युएइ, आएरल्याण्ड,स्वीडेन र फ्रान्सबाट आयात हुने भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
गत आवमा नेपालमा जम्मा ६ अर्व ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ लाख लिटर ह्वीस्की आयात भएको देखिन्छ । सवैभन्दा बढी युकेबाट ह्वीस्की आयात हुने भन्सार विभागको तथ्यांकले देखाएको छ । युकेबाट गत आवमा ३ लाख ५७ हजार लिटर ह्वीस्की आयात भएको थियो ।
त्यस्तै आयरल्याण्डबाट हजार र युएसबाट ५ हजार लिटर ह्वीस्की आयात भएको थियो ।