Logo

युनिलिभरले प्रतिकित्ता सेयरमा १ हजार २० लाभांश दिने, अघिल्लो आवको भन्दा ३० रुपैयाँ बढ्यो

युनिलिभरले प्रतिकित्ता सेयरमा १ हजार २० लाभांश दिने, अघिल्लो आवको भन्दा ३० रुपैयाँ बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनिलिभर नेपालले आफ्ना सेयर लगानीकर्तालाई प्रतिकित्ता १ हजार २० रुपैयाँ नगद लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले सो रकमको लाभांश पाउने छन्। त्यसअघिको वर्ष युनिलिभरले प्रतिकित्ता ९ सय ९० रुपैयाँ लाभांश दिएको थियो।

कम्पनीको ९ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। युनिलिभर नेपाल हिन्दुस्तान युनिलिभर कम्पनीको सहायक कम्पनी हो। यो कम्पनीमा ८० प्रतिशत सेयर स्वामित्व हिन्दूस्तान लिभरको छ भने बाँकी २० प्रतिशत सेयर स्वामित्व सर्वसाधारण लगानीकर्ताको छ। युनिलिभर कम्पनीका कुल ४ सय ब्राण्डका सामानहरु उत्पादन हुने गर्दछ।

नेपालमा मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको यो कम्पनीको सनसिल्क, डोभ, क्लिनिक प्लस, क्लियर ब्राण्डका सैम्फू प्रख्यात छ। लक्स, लिरिल र लाइफब्वाय ब्राण्डको साबुन तथा पेप्सुडेन्ट र क्लोजअप ब्राण्डको मञ्जन पनि नेपालमा प्रख्यात छ।

प्रतिक्रिया दिनुहोस्