Logo

औद्योगिक सुरक्षामा ३५ सय सुरक्षाकर्मी, उद्योगी भन्छन्, ‘राजनीतिक छायाँमा अपराध मौलायो’

औद्योगिक सुरक्षामा ३५ सय सुरक्षाकर्मी, उद्योगी भन्छन्, ‘राजनीतिक छायाँमा अपराध मौलायो’


बिजखबर संवाददाता
0
Shares

मुलुकभर रहेका उद्योगी व्यवसायीको सुरक्षाका लागि ३ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् । औद्योगिक सुरक्षाका लागि पर्याप्त दरबन्दी नहुँदा पैचिस सय सुरक्षाकर्मीले निजी क्षेत्रको सुरक्षा गरिरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका प्रहरी नायब महानिरिक्षक पुष्पराम केसीले पर्याप्त जनशक्तिको अभावमा उद्योगी व्यवसायीको सुरक्षामा केहि कठिनाई भएको स्वीकारे । ‘सरकारले औद्योगिक सुरक्षाका लागि पाँच हजार आठ सय जनाको आवेदन माग गरेकोमा दुई हजार दुई सय पचास जनाको दरबन्दी पाएको छ’ उनले भने, ‘अहिले आन्तरिक व्यवस्थापनबाट औद्योगिक सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा दिइरहेका छौं ।’
नेपाल उद्योग जाणिज्य महासंघले काठमाडौंमा शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सोही अवसरमा सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक रविराज थापाले उद्योगी व्यवसायी आफैले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बताए । विकसित देशमा उद्योगी आफैले सुरक्षाको लागि बजेट छुट्याउने गरेको उदाहरण दिदै त्यसलाई नेपालका उद्योगी व्यवसायीले पनि अनुसरण गर्नुपर्ने बताए ।
उक्त अवसरमा निजी क्षेत्रका प्रतिनिधिले सरकारले उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको गुनासो गरे । यसले गर्दा आत्मबल समेत कमजोर भएको उनीहरुको भनाई थियो ।
महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योगी व्यवसायीले सुरक्षाको अनुभुति गर्न नसकेको बताए । उनले चन्दा आतंक झ्न झन् बढेकोमा गुनसो समेत गरे । त्यस्तै, अपराधलाई राजनीतिक ढाकछोप हुने गरेको समेत उनको गुनसो थियो ।
त्यस्तै, महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले औद्योगिक सुरक्षाको अभावमा उद्योगको सङ्ख्या झन् झन् घट्दै गएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्