Logo

भारतीय दूतावासले आफुखुसी २० करोड खर्च गर्न पाउँदैन, केहि प्रावधान राखिएका छन् : प्रधानमन्त्री प्रचण्ड

भारतीय दूतावासले आफुखुसी २० करोड खर्च गर्न पाउँदैन, केहि प्रावधान राखिएका छन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफु खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन । उनले यसका लागि स्थानीय तह र सम्बन्धित मन्त्रालयको स्वीकृत चाहिने प्रावधान राखिएको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासान समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च पाउने जानकारी दिएका हुन । ३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, पक्रिया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिदैँ भने, ‘तर तपाइले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले राष्ट्रियता कमजोर हुने तथा सरकार निष्प्रभावी हुने भन्दै असहमित प्रकट गरे पछि प्रधानमन्त्रीले सो जवाफ दिएका हुन् । बैठक ५ मिनेटमा नै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL