Logo

हिमालयन लाइफले डाक्यो साधारणसभा, माघ ३ गते बुक क्लोज

हिमालयन लाइफले डाक्यो साधारणसभा, माघ ३ गते बुक क्लोज



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १६ औं वार्षिक साधारणसभा डाकेको छ । पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १८ गते काठमाडौंको गैरीधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ २ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL