Logo

सनराइजले दियो कर तथा लेखा नीति सम्बन्धी तालीम, लेखाशास्त्रका सिद्धान्तबारे जानकारी

सनराइजले दियो कर तथा लेखा नीति सम्बन्धी तालीम, लेखाशास्त्रका सिद्धान्तबारे जानकारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार आयोजित कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उद्दघाटन गरे ।

सनराइज बैंक एजभाइजरी सेलको स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र उद्यमीहरु समक्ष पु¥याउने उद्देश्यका साथ अगाडि बढेको बज्राचार्यले जानकारी दिए । आफ्ना ग्राहकहरुलाई आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ ।

यसै सन्दर्भमा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्ट सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । कार्यक्रममा उद्यमीहरूलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूजी व्यबस्थापनका आधारभूत नियम, सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुरालगायत बारे जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्