Logo

मनिष थापा बने कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत, दुई देशको सम्बन्ध प्रगाढ बनाउने

मनिष थापा बने कोस्टारिकाको अवैतनिक महावाणिज्यदूत, दुई देशको सम्बन्ध प्रगाढ बनाउने



काठमाडौं । डा. मनिष थापा नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएका छन्। दुई मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कोस्टारिकाले डा. थापालाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो।

थापाको नियुक्तिपछि दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्ध सुदृढ हुने विश्वास कोस्टारिकाको छ। नेपाल र कोस्टारिकाबीच अगस्त १६, १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। डा. थापाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिपछि नेपाल र कोस्टारिकाबीचको सहकार्य व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

अवैतनिक महावाणिज्यदूतको हैसियतमा डा. थापाले नेपाल र कोस्टारिकाबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन पहल गर्ने विश्वास लिइएको छ।

डा. थापा कोस्टारिकाको संयुक्त राष्ट्रसंघीय युनिभर्सिटी फर पिसमा प्राध्यापकको रूपमा सेवारत रहँदा अक्टोबर २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको कोस्टारिकाको उच्चस्तरीय आधिकारिक भ्रमणलाई सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्