Logo

साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट, साढे ५ अर्ब बढीको कारोबार

साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट, साढे ५ अर्ब बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ८.७१ अंकले घटेर २०४९ को विन्दुमा कायम हुन पुगेको छ । बिहीबार सेयर बजारमा १६ लाख ५१ हजार १०१ कित्ता सेयर कारोबारबाट ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँको कारोबार भयो ।

आज सेयर बजारमा गिरावट आउँदा कालिका पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी, पिपुल्स हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस्तै बिहबिार सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । सो कम्पनीको ३३ करोड ४५ लाख १५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १९ करोड ४८ लाख २६ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै माउन्टेन इनर्जीको १८ करोड ६४ लाख ८५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड २९ लाख ४८ हजार रुपैयाँ र यूनाइटेड इदी मार्दीको १५ करोड ६९ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्