Logo

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको पाँचौ कारोबार दिन अर्थात बिहीबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला १३०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ९५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदी प्रतितोला ३० रुपैंयाले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्