Logo

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्बमाथि

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्बमाथि



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । यस हप्ताका अघिल्लो कारोबार दिन तगातार घटेको सेयर बजार बुधबार भने बढेको हो ।

बुधबार सेयर बजार मापक नेप्से सूचक २७.९० अंकले बढेर २०५८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मंगलबार र सोमबार सेयर बजार क्रमश ः ३०.०५ अंक र ८.७५ अंक ले घटेको थियो । बुधबार समग्र सेयर बजार १.३७ अंकले बढेको हो ।

यसैगरी, बुधबार सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार पनि सेयर बजारमा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएको १३ उपसमूहको नै सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै जलविद्युत कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । यस उपसमूको सेयर मूल्य आज ३ प्रतिशतभन्दा धेरैले बढेको छ । यस पछि होटल तथा पर्यटन उपसमूह तर्फको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यस उपसमूहको सेयर मूल्य २.७० प्रतिशत बढेको छ ।

यसैगरी, निर्जीवन बीमा कम्पनी उपसमूहको सेयर मूल्य २.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूह तर्फको सेयर मूल्य २.०८ प्रतिशत बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

बुधबार ३ सय ६ कम्पनीको १ करोड ५० लाख ४ हजार ९८ कित्ता सेयर ९६ हजार २ सय २५ पटक किनबेच भएको छ । आज कारोबारमा आएको २ सय ९ कम्पनीको सेयर मूल्य बढेको छ । ३० कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आएको ६ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । बुधबार कारोबारमा आएको ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज २६ करोड ६३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यसैगरी, सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्