Logo

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको १ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

बुधबार छापावाला सुनसंगै तेजावी सुनको मूल्य पनि घटेको छ । तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैयाँले नै घटेर १ लाख २० हजार दुइ सय रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य तोलाको १ लाख २० हजार ४ सय रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार यसको मूल्य १ लाख ४ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्