काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ७ सयले घटेको छ । सो दिन सुन तोलाको रु. ५८ हजार ९ सयका किनबेच भएको छ ।
बिहीवार सुन रु.५९ हजार २ सयमा कारोवार भएको थियो । शुक्रवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार चाँदीको भाउ तोलाको ५ रुपैयाँले घटेर रु.८ सय ९५ मा कारोवार भएको छ । बिहीवार चाँदी तोलाको रु.९ सयमा कारोवार भएको थियो ।