Logo

नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु, जेइएसएको सहयोग

नेपालमा पनि हावाबाट विजुली निकाल्न सम्भाव्यता अध्ययन सुरु, जेइएसएको सहयोग



काठमाडौँ। नेपालमा पनि हावाबाट विजुली निकाल्ने सम्भव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले सहयोग गरेको छ । आवश्यक सम्पूर्ण सामग्रीहरु प्रदान गरी उनीहरुले सहयोग गरेको हो ।

भक्तपुरको चाँगुनारयाण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)सँंग सहकार्य गरी अध्ययन सुरु गरिएको हो । अध्ययनका लागि आवश्यक सामाग्रीहरु जापानस्थित जापान इनर्जी सेफ्टी एसोसिएसन (जेइएसए) ले नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छे । दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीलाई जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा र तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले संयुक्त रुपमा सामानहरु हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पनि प्रयोग गरिने जनाइएको छ । विद्यार्थीलालई प्रेरणा दिइ उनीहरुबाट पनि यस्ता प्रविधिको विकासका लागि सहयोग होस् भन्ने हेतुले कलेज काम थालेको कलेजले जनाएको हो ।

यसको लागि कलेजका प्रोफेसर दिनेशप्रसाद गुरागाईको अध्यक्षतामा हावा इनर्जी डेभलपमेन्ट ग्रुप गठन गरिएको छ । हावा इनर्जी परियोजना नामाकरण गरिएको यो परियोजनाका लागि कलेजका प्रोफेसर पाँंच रहेका छन् । कलेजका विभिन्न विभागहरु सिभिल, कम्प्युटर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, इलेक्टिकल एण्ड कम्युनिकेशनका एकएकजना प्रोफेसरहरु सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समूहका अध्यक्ष दिनेशप्रसाद गुरागाईले जापानीहरुको प्राविधिक सहयोग तथा कलेजको व्यवस्थापनमा काम थालिएको बताए । यसअनि पनि यो प्राजेक्ट रहेको भन्दै उनले यसलाई सफलतामा पुरयाई छाडने प्रतिवद्धता जनाए ।

यसका लागि कलेजमा अध्ययनतर विद्यार्थीलाई प्रयोग गरिने उनले जनाए । पहिलो चरणमा हामीले चाँगुनारायण नगरपालिकाभित्रका विभिन्न ठाउँहरुमा हावाको गति नाप्ने काम गर्ने योजना छ, उनले भने, पछि देशका अन्य ठाउँहरुमा पनि गर्न सकिन्छ ।

यसका लागि चाँगुनारायण नगर क्षेत्रका विभिन्न भवनको छतमा एउटा एन्टेना (फलामको रड) मा हावा चल्दा घुम्ने गरी मिलाइएको एउटा बाकस जस्तो सामान राखिने छ । त्यसपछि त्यसबाट हावाको बेग नापिने छ ।

तीन दसकदेखि जापानमा रहेर हाल नेपालमा रहेका जापानका लागि नेपाली फ्रेण्डसिप एम्बेसडर नरेश महर्जनले हावाबाट पनि बिजुली उत्पादन सम्भव रहेको बताए । यही सम्भाबनाका कारण आफूहरुले नेपालमा २०७२ सालको महाभूकम्प पछाडिदेखि हरेक वर्ष आइ कलेजका विद्यार्थीलाई परामर्श दिने गरेको महर्जनले सुनाए । जापानमा प्रयोगमा रहेको यसै प्रविधिबाट नेपालमा पनि बिजुली उत्पादन उपभोग गर्ने गरी गर्न सकिन्छ भन्ने सन्देश दिन डेमोको रुपमा काम गर्न खोजिएको उनले जनाए । उनले भविष्यमा नेपालबाटै यो अध्ययन अनुसन्धान होस् भन्ने हेतुले आफूहरुले सहयोग गरिहेको बताए । उनका अनुसार जापानमा एक सेकेण्ड पनि कहिल्यै लोडसेडिंग हुँदैन ।

नेपालका विभिन्न ठाउँहरुमा हावाको गति नापेर अनुसन्धान गर्ने र त्यस अनुसार यो प्रविधिबाट बिजुली उत्पादन गर्ने योजना अगाडि बढाउन यसो गरिएको उनले जनाए । यही प्रायोजनका लागि जापानको जेइएसएका इन्जिनियरिङ एडभाइजर एचुअी किरिहारा हाल महर्जनसहित नेपालमा छन् । महर्जन पनि तीन दसक अघिदेखि नै जापानमै छन् ।

नेपालमा अहिलेसम्म हाइडोपावरको प्रयोगबाट मात्रै बिजुली निकालिएको छ । यसबाहेक सोलार प्रणालीबाट पनि घरघरमा सानोस्तरमा उत्पादन गरी बिजुली निकालिएको छ । यसबाहेक अन्य प्रविधिको प्रयोगबाट उपभोग्य रुपमा बिजुली निकाल्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL