Logo

नयाँ वर्षको पहिलो दिन ८.७५ अंक घटेर बन्द भयो बजार, कारोबार साढे ४ अर्ब नजिक

नयाँ वर्षको पहिलो दिन ८.७५ अंक घटेर बन्द भयो बजार, कारोबार साढे ४ अर्ब नजिक



काठमाठौं । अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो कारोबार दिन सेयर बजार सामान्य घटेर बन्द भएको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा आएको छ ।

सोमबार सेयर बजारमा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजार सामान्य घटेको भएतापनि पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी, सोमबार ३ सय ६० कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता सेयर १ लाख २ हजार ९ सय ५ पटक किनबेच भएको छ । कारोबारमा आएको ७७ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, १ सय ५९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

सोमबार कारोबारमा आएको १३ उपसमूहमा ५ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी उपसमूहको सेयर मूल्य घटेको नेप्सेले जानकारी दिएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको सेयर मूल्य घटेको छ भने, उत्पादन तथा प्रशोधन उपसमूहतर्फको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

सोमबार २० करोड १३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम सिमेन्ट्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल र हाथवे इन्भेष्टमेन्ट परेका छन् ।

प्रतिक्रिया दिनुहोस्