Logo

आयल निगमलाई ग्यासमा प्रतिसिलण्डर ३०० रुपैयाँ घाटा, मूल्य भने नबढाउने

आयल निगमलाई ग्यासमा प्रतिसिलण्डर ३०० रुपैयाँ घाटा, मूल्य भने नबढाउने



काठमाडौं । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरसनबाट नयाँ मूल्य सूची प्राप्त भएको छ । निगममा प्राप्त नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलमा शून्य दशमलव ४१ पैसा बढेको छ भने डिजेलमा शून्य दशमलव १२ पैसा घटेको छ । खाना पकाउने ग्यास(एलपी) मा पनि २० पैसाले मूल्य घटेर आएको छ ।

पेट्रोलमा बढेको भएपनि निगमले नेपालमा मूल्य नबढाउने जनाएको छ । त्यस्तै, डिजेलमा मूल्य घटेको भएपनि निगमले मूल्यमा कुनै पनि फेरवदल नगर्ने बताएको छ । हाल काठमाडौमां पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल १५७ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

त्यस्तै एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर ३००.४१ घाटा रहेको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL