काठमाडौं । गएको शुक्रबार बालकुमारीमा भएको घटनाबारे छानविन गर्न उच्चस्तरीय आयोग गठन हुने भएको छ । आईतबार बसेको सत्तारुढ दलको बैठकले क पूर्वन्यायाधीशको अध्यक्षमा छानविन आयोग गठन गर्ने निर्णय गरेको हो ।
यसको गठन सोमबार बिहान बस्ने मन्त्रिपरिषदको बैठकले गर्ने बताईएको छ । कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी पनि जलाईएको थियो ।