Logo

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई १०-१० लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई राहत स्वरूप १०-१० लाख दिने निर्णय गरेको छ । शनिबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

साथै सरकारले सो घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL