Logo

काठमाडौंका यी ठाउँमा आज विद्युत आपूर्ति बन्द हुने, साढे चार घण्टासम्म अवरोध

काठमाडौंका यी ठाउँमा आज विद्युत आपूर्ति बन्द हुने, साढे चार घण्टासम्म अवरोध



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं उपत्यकाका केही ठाउँमा विद्युतीय सबस्टेशन मर्मत गर्दैछ । जसकारण केही ठाउँमा चारदेखि साढे चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

११ केभीको मुलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ । जसकारण साँखु फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । साँखु फिडरअन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, काठमाडौंको लाजिम्पाट फिडरअन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने कार्य भइरहेकाले ती क्षेत्रमा पनि शनिबार विद्युत् अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL