Logo

ईपीएस भाषा परिक्षालाई लिएर विद्यार्थी आन्दोलनमा, मन्त्रीको गाडीमा आगजनी

ईपीएस भाषा परिक्षालाई लिएर विद्यार्थी आन्दोलनमा, मन्त्रीको गाडीमा आगजनी



काठमाडौं । ईपीएस भाषा परीक्षाका विद्यार्थीहरुले भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् । सयौं आन्दोलनरत युवाहरूले बालकुमारी सातदोबाटो सडकमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

ईपीएस कोरिया शाखाले सिप बिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।

सिप बिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL