Logo

अवैध व्यापार रोक्न उचित व्यवस्थापन आवश्यकः अर्थमन्त्री, न्यून विजिकरण नियन्त्रण गर्न सुझाव

अवैध व्यापार रोक्न उचित व्यवस्थापन आवश्यकः अर्थमन्त्री, न्यून विजिकरण नियन्त्रण गर्न सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्सारमा हुने अवैध व्यापार नरोकिएको भन्दै त्यसको उचित व्यवस्थापन आवश्यक भएको बताए । विहीवार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीको उद्दघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय अवैध व्यापार कम भएपनि त्यसको सुधार र प्रभावकारी कार्यन्वयन आवश्यक भएको बताए । भन्सारका कर्मचारीले कामका क्रममा आएका समस्या सम्वन्धित निकायमा राखेमा समाधान हुने । ‘पेसागत समस्या छ भने भन्नुहोस ’ उनले भने ‘तर काममा गुणस्तर चाहिन्छ ।’ सो अवसरमा भन्सारका महानिर्देशक शिशिरकुमार ढुंगानाले गत वर्षमा राजस्व संकलनमा ९५ प्रतिशत लक्ष्य भेट्याएको बताए ।

उनले व्यापार सम्वन्धि सवै काम एकै विन्दुबाट तथा आयात निर्यात व्यवस्थित गर्न आइइइ कोडको व्यवस्था गर्ने जानकारी दिए । त्यसैगरी देशभरका ९ ओटा कार्यलयमा आइपी क्यामरा राखिने योजना रहेको बताए । ढुंगानाले रसुवालगायतमा सजिलै अनुगमनको प्रणाली व्यवस्था गर्ने जानकारी दिए ।

गत आर्थिक बर्षमा १ अर्वको न्यून विजकीकरणका वस्तु खरिद गर्न बजेटमा छुट्इएको छ । सरकारले तोकअनुसार २ सय ४५ अर्वको राजस्व संकलनको लक्ष्य पुरना गर्ने प्रयास गर्ने उनले बताए ।

भन्सार विभागको आर्थिक बर्ष २०७२ ७३ असार मसान्तसम्म २ खर्व ५ अर्व ८६ करोड ९४ लाख राजस्व संकलन गर्ने लक्ष्य । सीमा क्षेत्रमा भएको अवरोध एवं समस्याका कारण मालवस्तुको सहज आपूर्ति हुन नसकी सो अवधिमा १ खर्व ९४ अर्व ८८ करोड २५ लाखको राजस्व संकलन भएको छ । ९४ दशमलव ६६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्