Logo

गहुँको समर्थन मूल्य तोकियो, प्रधानमन्त्री कार्यालयको ६८ दरवन्दी कटाैती

गहुँको समर्थन मूल्य तोकियो, प्रधानमन्त्री कार्यालयको ६८ दरवन्दी कटाैती



काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक बर्षका लागि गहुँको समर्थन मूल्य ३ हजार ५ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल तोकेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णयसमेत गरेको छ ।

यस्तै मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरेको छ । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुने ।

प्रतिक्रिया दिनुहोस्