Logo

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख २२ हजार पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख २२ हजार पुग्यो



काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । मंसिर १८ गते सोमबार सुनको मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ४०० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ४ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २१ हजार ७ सय र चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्