नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरालाई सुझाव दिएका छन् । सुझाव माग्न पुगेका महरालाई भट्टराईले ६ ओटा बुँदामा सुझाव दिएका हुन् । भट्टराईले आफ्नो फेसबुक पेजमार्फत महरलाई दिएको सुझाव सार्वजनिक गरेका हुन् ।
उनले दिएका ६ सुझाव यस्ता छन् :
१. कुरा थोरै काम धेरै गर्ने, पपुलिष्ट भन्दा परिणाममुखी काम गर्ने ।
२. युवा स्वरोजगार कार्यक्रमलाई पहिलेकै स्पिरिट अनुसार प्रभावकारी ढंगले कार्वान्वयन गर्ने ।
३. फाष्टट्रयाक, मध्यपहाडी लोकमार्ग, कोसीरगणडकीरकर्णाली उत्तरदक्षिण लोकमार्ग, हुलाकी मार्ग लगायतका रणनीतिक महत्वका सडक छिटो पूरा गर्न जोड गर्ने, भर्खरै हेलिकोप्टर दुर्घटनाले सबैको ध्यानाकर्षित गरेको उत्तरी गोरखा जोड्ने वेनीघाट(लार्के सडकको ट्र्याक यसै बर्ष खोल्न आवश्यक रकमको व्यवस्था गर्ने ।
४. वुढीगण्डकी, पश्चिम सेती, नल्सिंगगाड,दूधकोशी लगायतका महत्वपूर्ण जलाशययुक्त जलविद्युत योजना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने ।
५.सहीदरवेपत्ता परिवारलाई राहत स्वरूप रू. ५ लाखको तामाकोशी चपरियोजनाको सेयर प्रदान गर्ने र वहिर्ग्मित लडाकुलाई रू. २ लाख दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने ।
६. अन्य ९ महिनामा गर्न सकिने जनतालाई प्रत्यक्ष राहत मिल्ने काम गर्ने! भ्रष्टाचार रोक्न विशेष चनाखो वन्ने! आदि आदि ।
सुझाव कार्यन्वयका विषयमा भट्टराईले भनेका छन् , ‘आगे अर्थमन्त्रीजीको जो मर्जी !’