Logo

शेयर बजारमा दोहोरो अंकको गिरावट, सवा ५ अर्बको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, सवा ५ अर्बको कारोबार



काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.२३ अंकले घटेर दुई हजार ७० दशमलब ८४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ८३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेमा बुधबार ७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको १९ करोड ६६ लाख ६४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १८ करोड ६६ लाख २ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सूर्यजयोति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख ८८ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख ६२ हजार रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको १२ करोड ७४ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्