Logo

एनवीआइको अध्यक्षमा विओकेएलका अजय, सञ्चालकमा राष्ट्र बैंकका डा.मिनबहादुर

एनवीआइको अध्यक्षमा विओकेएलका अजय, सञ्चालकमा राष्ट्र बैंकका डा.मिनबहादुर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ इन्टिच्युटको अध्यक्षमा बैंक अफ काण्ठमाण्डौ लुम्बिनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन २० गते सम्पन्न साधारण सभाले रिक्त रहेको अध्यक्षको पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

साथै  ईन्ष्टिच्युटको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालकको पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उक्त बैठकले सञ्चालक समितिका निवर्तमान अध्यक्ष शोभनदेव पन्त र निवर्तमान सञ्चालक डा. बिनोद आत्रेयलाई उनीहरुले संस्थाप्रति गरेको योगदानको कदर गर्दै धन्यवाद दिएको थियो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाको उद्देश्य अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको लागि बदलिँदो परिवेश अनुरुपको समय सापेक्ष कार्यक्रमहरु आयोजना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्