Logo

महत्वपूर्ण र अत्यावश्यकबाहेक अब प्रधानमन्त्रीले काठमाडौँ नछाड्ने

महत्वपूर्ण र अत्यावश्यकबाहेक अब प्रधानमन्त्रीले काठमाडौँ नछाड्ने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कार्यशैलीमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले अब सरकारको कार्यशैली फेरिने भन्दै महत्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डौ नछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL