Logo

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनको भाउ उकालो लागेको छ । मंगलबार सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै उक्त दिन चाँदीको भाउ १० रुपैंयाले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्