Logo

पूर्व सरकारद्धारा प्रस्तुत बजेटलाई निरन्तरता दिइने, पूँजी बजारलाई सरकार परिवर्तनसँग नजोड्न आग्रह

पूर्व सरकारद्धारा प्रस्तुत बजेटलाई निरन्तरता दिइने, पूँजी बजारलाई सरकार परिवर्तनसँग नजोड्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिने बताएका छन् । उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेटलाईनै अगाडि बढाइने बताएका हुन् ।

अर्थमन्त्रालयमा भएको सञ्चारकर्मीसँगको भेटमा उलने राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्ने जानकारी दिए । ‘ त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ’ उनले भने ।

उनले अरु विधेयकलाई चालु सदनबाटै पास गरिने र पूरक बजेट नल्याउने भन्दै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए । सो अवसरमा मन्त्रि महराले ‘नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित नभएको र पुँजी बजारलाई सरकार परिवर्तनसँग जोड्न नमिल्ने बताए ।

अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्