Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा गिरावट

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा गिरावट



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने ओरालो लागेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्