Logo

लुम्बिनीका नवनियुक्त शहरी विकास र उद्योग तथा यातायात व्यवस्था मन्त्रीको आज शपथ

लुम्बिनीका नवनियुक्त शहरी विकास र उद्योग तथा यातायात व्यवस्था मन्त्रीको आज शपथ



काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज (आइतबार) हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शनिबार राति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) को कोटाबाट मन्त्री बनेकी केसीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी लुम्बिनी प्रदेशबाट प्रत्यक्षमा जित्ने एक्ली महिला हुन् । उनी बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित भएकी थिइन् । यस्तै नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी प्यूठान प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए ।

योसँगै लुम्बिनी प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री चौधरीले सरकार गठन भएको सात महिनापछि नै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय भने आफैंसँग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL