Logo

चन्द्रागिरी केबलकारको व्यवसायीक सञ्चालन मंगलवारदेखि, टिकट शुल्क ७ सय

चन्द्रागिरी केबलकारको व्यवसायीक सञ्चालन मंगलवारदेखि, टिकट शुल्क ७ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रागिरि केबलकारको मंगलवारदेखि व्यवसायीक सञ्चालन गरिएको छ । चन्द्रागिरी हिल्स लिमिटेड प्रवद्र्धित केबलकार सोमवार परिक्षण सञ्चालन गरिएको थियो । परिक्षण सञ्चालनमा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय वासिन्दाहरूलाई आमन्त्रण गरिएको थियो ।

सो अवसरमा १० हजार भन्दा बढीले केबलकारको निःशुल्क सेवा लिए । कम्पनीले चन्द्रगिरी केबलकारमा दुईतर्फी टिकटका लागि रु. ७ सय शुल्क निर्धारण गरेको छ ।

टिकट शुल्कामा स्थानीयको लागि २५ प्रतिशत र बच्चा तथा विद्यार्थीका लागि ३० प्रतिशत छुट दिने बताइएको छ । यससँगै मंगलबारबाट दर्शनार्थीका लागि आंशिक संचालनमा आउने बताइएको छ । छिट्टै अन्य सुविधा थपेर नियमित सञ्चालनको प्रक्रियामा रहेको बताइएको छ ।

चन्द्रगिरी काठमाडौंको सवैभन्दा अग्लो स्थान हो । यसको उचाइ २ हजार ५ सय ७१ मिटर छ । चन्द्रागिरी पहाड ऐतिहासिक रुपले पनि महत्वपूर्ण स्थान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्