Logo

कालीकोटमा नौं स्थानीय तहमध्ये आठमा बिजुली पुग्यो, पलाँता गाउँपालिकामा चालु आवमै पुर्याइने

कालीकोटमा नौं स्थानीय तहमध्ये आठमा बिजुली पुग्यो, पलाँता गाउँपालिकामा चालु आवमै पुर्याइने



काठमाडौँ । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए ।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ । आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्‍याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए ।

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ’, उनले भने, ‘अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछौँ’, उनले भने । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । ‘अहिले त्यहाँ बिजुली पुर्‍याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ’, उनले भने । जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको प्रमुख साहले बताए । ‘विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL