Logo

साढे २ अर्बमा २ सय वेडको अस्पताल बनाउँदै सफल व्यवसायी राजेन्द्र राउत, नेपाली बिरामीलाई विदेशी सेवा

साढे २ अर्बमा २ सय वेडको अस्पताल बनाउँदै सफल व्यवसायी राजेन्द्र राउत, नेपाली बिरामीलाई विदेशी सेवा



काठमाडौं । शिवम् अर्गनाईजेशनले मोरङमा २ सय शैय्याको अस्पताल बनाउने भएको छ । कम्पनील्े स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनि विशुद्ध मानवीय भावनाले पे्ररित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाँउपालिका वडा नंं १ मा शुरुमा २०० सैया क्षमताको अस्पताल निमार्ण गर्न लागिएको हो । हाल यसलाई १०० शैय्याको मल्टी स्पेशीयलिटी अस्पतालसंचालन गर्ने र क्र्रमश ३०० शैयासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।

नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी निर्माण हुन गइरहेको अस्पताललाई आरआर इन्टरनेशनल हस्पीटल नामाकरण गरिएको कम्पनीले जानकारी दिएको छ । यस अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखीएको छ ।

अस्पताललाई सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गरी सुपर स्पेसीयलिटी स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र वनाउन लागिएको छ । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आपतकालिन सेवा कार्डियाक आपतकालिन सेवा र क्याथ ल्यावजस्ता सेवा सुविधा उपलब्ध गराउने छ ।

यसको अलवा अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले डायग्नोस्टीक विभागलाई अन्तरराष्ट्रिय स्तरको वनाइने कम्पनीले जानकारी दिएको छ । अस्पतालको लागत करिव २ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएकोछ ।

निर्माणाधिन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत हुन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत छन् ।

उनले गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका थिए । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यावसायी राउतका विभिन्न उत्पादन मुलक उद्योग तथा व्यवसाय सञ्चालित छन् । जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोवार संचालनमा रहेका छन् भने निकट भविष्यमै काठमाण्डौंमा अत्याधुनिक पांचतारे होटल केहि महिना भित्रै सञ्चालनमा आउने छ ।

यसैगरी विराटनगरमा हाउजिंग कम्पनी, पांचतारे होटल र स्वास्थ्य सेवासंगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल कलेजको समेत स्थापना गर्दै लगिने योजना रहेको छ । यो अस्पताललाई एउटा व्यवसायीक घरानाको मात्र नभएर कोशी प्रदेश कै सम्पती र सवै सेवाग्राहीको विश्वासको केन्द्रका रुपमा स्थापित गराउने उद्धेश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्