Logo

१६ औँ योजनाको प्रगति समीक्षा : नीति तथा कार्यक्रम र बजेटबीचको समयसीमा परिमार्जन हुने

१६ औँ योजनाको प्रगति समीक्षा : नीति तथा कार्यक्रम र बजेटबीचको समयसीमा परिमार्जन हुने



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समय परिमार्जन गर्ने भएको छ । बिहीबार १६औँ योजनाको प्रगतिका विषयमा आयोगले जानकारी दिने उद्देश्येले आयोजना गरिएको कार्यक्रममा आयोगका सहसचिव यमलाल भुषालले यस्तो बताएका हुन् ।

उनले प्रत्येक वर्ष सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश हुने तथा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपनि त्यसको समयसिमामा केहि कमजोरी भेटिएको बताएका हुन् । नीति तथा कार्यक्रम र बजेट सार्वजनिकको समय ज्यादै साँघुरो भएपछि कसबै सांसदहरुले पूर्ण रुपमा आफ्नो राय प्रस्तुत गर्न नसकिएको गुनासो आएको उनले बताए ।

‘माननीय अर्थमन्त्रीज्यूबाट संसदको दुवै सदनमा प्रत्येक वर्ष ज्येष्ठ १५ गते पेश हुने वार्षिक वजेटको तर्जुमा कार्यमा माथिको छलफलबाट पर्याप्त पृष्ठपोषण प्राप्त हुन नसकेको गुनासो आएको छ,’ उनले भने, ‘खासगरी समयावधि अत्यन्तै न्यून भएको महसूस भँएकाले उक्त समस्यालाई समाधान गर्नको लागी सरकारले समय अवधि परिवर्तन गर्न लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL