काठमाडौँ । काठमाडौं उपत्यकामा आज (बिहीबार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो ।
यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो । ‘यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,’ मौसमविद् अधिकारीले भने ।
काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।