Logo

सेयर बजारमा रौनक, ३५ अंकले बढेको बजारमा ७ अर्ब बढीकाे कारोबार

सेयर बजारमा रौनक, ३५ अंकले बढेको बजारमा ७ अर्ब बढीकाे कारोबार



काठमाडौं । कारोबारको चौथो दिन बुधबारपनि सेयर बजार बढेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेर २ हजार १ सय ४१.८७ बिन्दुमा पुगेको छ । यस अघिका कारोबार दिनमा पनि सेयर बजार बढेको थियो । मंगलबार सेयर बजार मापक नेप्से सूचक ४५.९८ प्रतिशतले बढेर २१०६.४८ बिन्दुमा पुगेको थियाे ।

यसैरगी, आज कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ५ अर्ब ९६ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज ३ सय ६ कम्पनीको १ करोड ९९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबारमा आएको १ सय ६१ कम्पनीको सेयर मूलय बढेको छ । यस दिन ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने, बाँकी ५ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

बुधबार कारेबारमा आएको १५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका १३ उपसमूह मध्ये १० उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी २ उपसमूहको सेयर मूल्य घटेको छ ।

आज ३७ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

प्रतिक्रिया दिनुहोस्