Logo

डा. पौडेललाई वीर अस्पतालको निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

डा. पौडेललाई वीर अस्पतालको निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश



काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौेडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुला भएको छ ।वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए । त्यसलगत्तै डा पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्