Logo

४६ अकंले बढेको बजारमा ६ अर्बको कारोबार, २१ सय बिन्दुमाथि पुग्यो नेप्से

४६ अकंले बढेको बजारमा ६ अर्बको कारोबार, २१ सय बिन्दुमाथि पुग्यो नेप्से



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार उच्च अंक बढेको छ । यो साता निरन्तर वृद्धिको बाटोमा अघि बढेको बजार मंगलबार करिब ४६ अंकले बढेको हो । अघिल्लो दुई कारोबार दिन लगातार उकालो लागेको सेयर बजार मापक नेप्से सूचक मंगलबार पनि बढेर बन्द भएको हो ।

मंगलबार सेयर बजार मापक नेप्से सूचक ४५.९८ प्रतिशतले बढेर २१०६.४८ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार २७ अंक र साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ४७ अंकले बढेको थियो ।

मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा केहि घटेको छ । सोमबार ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारेबार भएको सेयर बजारमा मंगलबार ५ अर्ब ९६ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरकोमात्र सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएको १३ उप समूहको नै सेयर मूलय बढेको छ । आज सबैभन्दा सेयर मूल्य होटल तथा पर्यटन समूह उपसमूहको बढेको छ । यस समूहको सेयर मूल्य आज ६.९४ प्रतिशतले बढेको छ । यर्सैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको लगानी कर्ताको सेयर मूल्य पनि आज ४.७४ प्रतिशतले बढेको छ ।

आज ३ सय १३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर ९९ हजार ६ सय ४१ पटक किनबेच भएको छ । कारोबारमा आएको १ सय ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी ५३ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज शिवम्, सोल्टी र सोना कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । मंगलबार ३७ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स पहिलो स्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL