Logo

भैँसेपाटीको मन्त्री क्वार्टरमा आगलागी, ठूलो क्षति भएन

भैँसेपाटीको मन्त्री क्वार्टरमा आगलागी, ठूलो क्षति भएन



काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । मंगलबार बिहान क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्वार्टरभित्र निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगो लागेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ । प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL