Logo

प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने



काठमाडौं । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।

त्यही अवसरमा प्रधानमन्त्री दाहालले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन् । दाहालले सोमबार मात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL