काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा परी हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको छ ।
जसमध्ये क्याप्टे रञ्जन लिम्बु र बालकसहित अन्य रहेको बताइएको छ । गोर्खाबाट सुत्केरी महिलालाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा दुघर्टना भएको हो । फिस्टेलको नाइन एनएकेए कल साइन हेलिकम्पटर फिदिमबाट १० माइलसम्म मात्र सम्पर्कमा भएको बताइएको छ ।
हेलिकप्टर नुवाकोटको मदनपुर ९ को जंगलमा दुर्घटना भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु पोखरेलले जानकारी दिए ।