Logo

देशभर तापक्रम घट्दो, चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

देशभर तापक्रम घट्दो, चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह



काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (मंगलबार) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL