Logo

भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला, एकैदिन पाँच जनाको मृत्यु

भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला, एकैदिन पाँच जनाको मृत्यु



काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । कोरोनाको नयाँ सब(भ्यारियन्ट कोभिड जेएन(१ भारतको केरलामा फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस सब भेरियन्टका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । जसमा केरलामा ४ र यूपीमा एक जना संक्रमितको मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा आइतवार ३३५ नयाँ कोभिड–१९ मा सङ्क्रमण भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १,७०१ पुगेको छ ।

कर्नाटक सरकारले सब भेरियन्ट जेएन-१ बारे अलर्ट जारी गरेको छ । केरलाको तिरुवनन्तपुरममा डिसेम्बर ८ मा यो केस प्रकाशमा आएको थियो । जब ७९ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको थियो । महिलामा इन्फ्लुएन्जा जस्तो रोगको हल्का लक्षणहरू थिए र तर पछि कोभिड-१९ बाट निको भइन् ।

भारत बाहेक सिङ्गापुरमा पछिल्लो एक सातामा ५६ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले सबै नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । मन्त्रालयका अनुसार डिसेम्बर ३ देखि ९ सम्ममा ५६ हजार ४३ नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्