Logo

सेयर बजारमा दैनिक उत्साह थपिदै, दोहोरो अंकले बढेको बजारमा ६ महिनायताकै उच्च कारोबार

सेयर बजारमा दैनिक उत्साह थपिदै, दोहोरो अंकले बढेको बजारमा ६ महिनायताकै उच्च कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार सकारात्मक देखिएको सेयर बजारमा साताको दोस्रो कारोबार दिन थप उत्साह देखिएको छ । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ भने कारोबार रकममा ठूलो बढोत्तरी देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सोमबार ३८.१४ अंकले बढेर २ हजार ६०.४९ बिन्दुमा पुगेको छ । सातको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार २७ अंकले बढेको थियो ।

नेप्से सूचकसंगै सोमबार कारोबार पनि उत्साहजनक भएको छ । सोमबार ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार विगत ६ महिनायताकै सबैभन्दा ठूलो कारोबार हो । आइतबार भने ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज कारोबारमा आएको १३ वटा उपसमूह मध्ये एक उपसमूहको मात्र सेयर मूल्य घटेको छ भने बाँकी १२ उपसमूहको सेयर मूल्य बढेको छ । आज जलविद्युत कम्पनी उपसमूहको सेयर मूल्य घटेको हो ।

सोमबार ३ सय ५ कम्पनीको १ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता सेयर १ लाख १३ हजार ६ सय ९३ पटक किनबेच भएको छ । कारोबारमा आएका १ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने, ७२ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य यथावत रहेको छ । सोमबार ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज २६ करोड २६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र सोल्टी होटेल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL